नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम
बिहीबार, २४ पुस २०८२, ०८ : ४५
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन् ।
जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४, महिला एक लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसङ्ख्यक चार जना रहेका कार्यालय प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार नवलपुरमा आठ वटा स्थानीय तह र दुई निर्वाचन क्षेत्र रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा जिल्लामा कूल दुई लाख ६० हजार ४६१ मतदाता थिए । तत्कालीन समयमाभन्दा अहिले आठ हजार ६५ मतदाता थपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण