बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रम्पले पेट्रोलाई दिए ह्वाइट हाउस आउन निम्तो

बिहीबार, २४ पुस २०८२, १२ : ३३
बिहीबार, २४ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस आउन निम्तो दिएका छन्।
  • ट्रम्पले कोकिन तस्करीको आरोप लगाउँदै सैन्य कारबाहीको धम्की दिएपछि दुई नेताबीच फोनवार्ता भएको थियो।
  • पेट्रोले अमेरिकी धम्कीको विरोध गर्दै कोलम्बियाली जनतालाई सार्वभौमिकता जोगाउन सडकमा उत्रिन आह्वान गरेका थिए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली समकक्षी गुस्ताभो पेट्रोलाई ह्वाइट हाउसमा आउन निम्तो दिएका छन् । कोकिनको तस्करी गरेको भन्दै उनको सरकारविरुद्ध सैन्य कारबाही गर्ने धम्की दिएको केही दिनमै ट्रम्पले पेट्रोलाई ह्वाइट हाउस आउन निम्तो दिएका हुन् । बुधबार दुई नेताबिच एक घन्टा लामो फोनवार्ता भएको छ । यसमा दुईबिच लागू औषधको अवस्था र अन्य आपसी मतभेदबारे कुरा भएको ट्रम्पले भनेका छन् ।

गएको शनिबार अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लेरसलाई अपहरण गरेर अमेरिका लगेपछि ट्रम्पले कोलम्बियामाथि पनि त्यस्तै सैन्य कारबाही गर्ने धम्की दिएका थिए । सो धम्कीयता पेट्रोसँग ट्रम्पको यो पहिलो फोन वार्ता हो । ट्रम्पको धम्कीको जवाफमा पेट्रोले कोलम्बियाली जनतालाई आफ्नो सार्वभौमिकता जोगाउन सडकमा उत्रिन आह्वान गरेका थिए ।

‘कोलम्बियाका राष्ट्रपति गाुस्ताभो पेट्रोसँग कुरा गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो,’ सामाजिक सञ्जाल सोसल टु«थमा एउटा पोस्टमा फोनवार्ताबारे ट्रम्पले लेखेका छन् । पेट्रोले लागू औषधको अवस्था र अन्य आपसी मतभेदबारे कुरा गर्न आफूलाई फोन गरेको उनले लेखेका छन् । आफूले निकट भविष्यमा नै पेट्रोलाई भेट्ने पनि उनले पोस्टमा भनेका छन् ।

पेट्रोसँग भेटका लागि ह्वाइट हाउसले व्यवस्था मिलाइरहेको बताइएको छ । तर भेट कहिले हुन्छ भन्नेबारे चाँहि उनले स्पष्ट पारेका छैनन् । पेट्रोले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्नु अघि ट्रम्पसँग फोनमा कुरा गरेका थिए । यसका कारण अन्तिम क्षणमा उनले भीडलाई गर्ने आफ्नो सम्बोधन फेर्नु पर्‍यो । ‘हामीले कुराकानी नगरेको भए युद्ध हुन्थ्यो, कोलम्बियाको इतिहासले हामीलाई यो कुरा सिकाएको छ ।’  उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप