विश्वप्रकाश शर्मा बिरामी, कार्यसम्पादन समिति बैठकमा गएनन्
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बिरामी भएका कारण कार्यसम्पादन समिति बैठकमा उपस्थित भएनन्।
- पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा महामन्त्री गगन थापा पनि अनुपस्थित रहे।
- विशेष महाधिवेशनको आह्वान र त्यसलाई लिएर उत्पन्न विवाद समाधानका लागि बैठक बोलाइएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिरामी परेको भन्दै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक अहिलेसम्म सुरु भएको छैन । शर्माले केन्द्रीय कार्यालय र कार्यवाहक सभापतिलाई बिरामी भएको जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए ।
ती पदाधिकारीका अनुसार महामन्त्री गगन थापा पनि बैठक स्थलमा पुगेका छैनन् । महामन्त्रीद्वय थापा र शर्माले बुधबार मात्रै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।
२ हजार ४८८ महाधिवेशन प्रतिनिधिले बुधबार नै विशेष महाधिवेशन आह्वान गरेका थिए । तर, केन्द्रीय कार्यालयले भने त्यो आह्वान अवैधानिक भन्दै उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरिसकेको छ । यही विवादको समाधान खोज्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण