ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका फरार कैदी भक्तपुरबाट पक्राउ
बिहीबार, २४ पुस २०८२, २१ : ३३
सारांश
- भिमफेदी कारागारबाट भागेका ज्यान मुद्दाका कैदी हिराधन राईलाई भक्तपुरबाट पक्राउ गरियो।
- खोटाङका ३३ वर्षीय राई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका थिए।
- राई २०७२ सालदेखि जेलमा थिए र भदौ २४ गते कारागारबाट भागेका थिए।
काठमाडौँ । जेनजी प्रदर्शनमा कारागार कार्यालय भिमफेदीबाट भागेका एक जना ज्यान मुद्दाका कैदीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको कोपिलासगढी गाउँपालिका–१ घर भएका ३३ वर्षीय हिराधन राई छन् ।
उनलाई बुधवार सुर्यबिनायक नगरपालिका–५ स्थित कटुन्जेबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजायको फैसला भएका राई २०७२ सालदेखि कारागारमा छन् । भदौ २४ मा उनी कारागारबाट भागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण