राजनीति
एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने
शुक्रबार, २५ पुस २०८२, १५ : ३३
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक शनिबारबाट ललितपुरमा सुरु हुँदैछ।
- बैठकले निर्वाचनको तयारी, कमिटी सदस्य मनोनयन र अन्य महत्त्वपूर्ण विषयमा छलफल गर्नेछ।
- फागुन २१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै बैठकले विभिन्न निर्णयहरू गर्नेछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो ।
सोही निर्णयअनुसार शनिबारदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ ।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीलगायतका विषयमा छलफल गर्नुका साथै केन्द्रीय कमिटी सदस्यको मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण