दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित
सारांश
- उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भयो।
- प्रसाईंका कानुन व्यवसायीको निवेदनपछि सुनुवाइ स्थगित भएको हो, जसमा १८ करोड ४४ लाख बिगो कायम गरिएको छ।
- प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा गलत कारोबार गरेको आरोप लागेको छ, जसका कारण उनलाई जरिवाना र कैद सजायको माग गरिएको छ।
काठमाडौँ । उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । प्रसाईंका कानुन व्यवसायीले निवेदन दिए पछि सुनुवाइ स्थगित भएको हो ।
दुर्गा प्रसाईं, उमा प्रसाईं, नीराजन प्रसाईं र आर्जु प्रसाईंलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो । यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो ।
प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शङ्कास्पद कारोबार गरेको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण