उज्यालो नेपालले केन्द्रीय सदस्यको नामावली नपठाउँदा रास्वपाको एकता समायोजन प्रभावित
सारांश
- उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यको नामावली नपठाउँदा रास्वपाको एकता प्रक्रिया प्रभावित भएको छ।
- कुलमान घिसिङको असन्तुष्टि संघीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा रहेको बताइएको छ।
- रास्वपा र उनेपाबीचको भेटवार्तामा वैचारिक र सैद्धान्तिक विषयमा सहमति हुन सकेन।
काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) ले केन्द्रीय सदस्यहरूको नामावली नपठाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता समायोजन प्रक्रिया प्रभावित भएको छ । रास्वपा र उनेपाबिच पुस १४ गते पार्टी एकतासम्बन्धी सात बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । तर उनेपाले नाम नपठाउँदा ढिलाइ भएको रास्वपाका वार्ता टोलीका सहसंयोजक शिशिर खनालले बताए ।
‘उज्यालो नेपालको तर्फबाट केन्द्रीय सदस्यहरूको नाम अहिलेसम्म आएको छैन । त्यसैले केन्द्रीय समिति विस्तार गर्न ढिलाइ भएको हो । सङ्घीयता, धर्मनिरपेक्ष र समावेशीको विषयमा हाम्रो पार्टीको दस्ताबेजमै प्रस्ट छ । थप सहमति गर्नुपर्ने आवश्यकता छैन । उहाँहरूले के कुरामा असन्तुष्टि जनाउनुभएको हो, त्यस विषयमा स्पष्ट पार्न सभापति रवि र कुलमानजी बिच छलफल भएको थियो । के भयो थाहा छैन’, रातोपाटीसँग खनालले भने ।
सहमतिपत्रमा कुलमानलाई उपसभापति बनाउने, जेनजीको आन्दोलनको अपनत्व लिने लगायत विषय समेटिएको थियो । तर रास्वपाले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्ना तर्फबाट १८ जनामध्ये १४ जनाको मात्र नाम परेको, पदाधिकारी तथा केन्द्रीय सदस्य थोरै मात्र समेटिएको, सङ्घीयता, धर्मनिरपेक्षतामा स्पष्ट खाका नआएकोमा कुलमान असन्तुष्ट देखिएका छन् । उनेपालाई जम्मा २१ जना केन्द्रीय सदस्य दिएकोमा समेत उनेपालका नेताहरूले असन्तुष्टि जनाएका छन् ।
एकता सहमतिमा हस्ताक्षर भएको १० दिन बितिसक्दा समेत उनलेपाले केन्द्रीय सदस्यहरूको नाम उपलब्ध नगराएपछि रास्वपाका सभापति रवि लामिछाने र कुलमानबिच आज भेटवार्ता भएको छ ।
रवि निवास बुढानीलकण्ठमा ‘वान टु वान’ कुराकानीमा वैचारिक र सैद्धान्तिक विषयमा सहमति नभएको नेता गणेश घिसिङले बताएका छन् । ‘नमिलेको विषय भनेको सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिताको सैद्धान्तिक मुद्दा हो । यो मुद्दामा लिखित सहमति हुनुपर्छ भन्ने हाम्रो अडान छ । अहिलेसम्म यसबारे एकमत हुन सकेको छैन,’ उनले भने ।
रास्वपाले ६०÷४० को भागबन्डाको मापदण्ड बनाएर एकता गर्ने सहमति गरेको थियो । जसमा ४० प्रतिशत कुलमान र बालेन समूहलाई दिएको छ । बालेन समूहले वरिष्ठ नेता, एक महामन्त्री, एक सहमहामन्त्री लिएको छ । २६ जना केन्द्रीय सदस्य पाएको छ । यस्तै एकता प्रक्रियामा जोडिएका विवेकशील साझाले ७ जना केन्द्रीय सदस्य पाएको छ । रास्वपाले यी दुवै समूहका ३३ जना सदस्यलाई शपथग्रहण गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण