उम्मेदवार सिफारिसमा असन्तुष्टि: कालिकोटमा एमाले नेता बमले दिए राजीनामा
सारांश
- नेकपा एमाले कालीकोटमा उम्मेदवार सिफारिसको विषयमा विवाद उत्पन्न भएको छ।
- युवा नेता वकिल बमले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्, एकलौटी सिफारिसको आरोप लगाउँदै।
- उनले पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै अवसरवादीलाई मात्रै अवसर दिएको आरोप लगाएका छन्।
सुर्खेत । नेकपा एमाले कालीकोटमा उम्मेदवार सिफारिसको विवादमा विवाद भएको छ । विवादकापछि युवा नेता वकिल बमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
पार्टीले उम्मेदवार सिफारिसमा एकलौटी गरेको र इमानदार कार्यकर्तालाई पाखा लगाएको आरोप लगाउँदै उनले राजीनामा दिएका हुन् ।
केही दिनअघि काठमाडौंमा भएको कालिकोटकाे जिल्ला भेलाले वकिल बम सहित तीन जनाको नाम सिफारिस गरेको थियो । तर, उक्त निर्णय विवादित बनेपछि पुस २३ गते जिल्लामा बसेको बैठकले नगीन्द्र शाही 'नेशनल' को नाम पुन: एकल सिफारिस गरेको थियो ।
आफूलाई पन्छाएर एकल नाम सिफारिस गरिएको भन्दै रुष्ट बनेका बमले आफू राष्ट्रिय युवा संघ र एमालेको कुनै पनि जिम्मेवारीमा नरहने गरी राजीनामा दिएकाे बताएका छन् ।
आफ्नो राजीनामा पत्रमा नेता बमले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले मुलुक राजनीतिक संकटमा रहेको बेला युवाहरूको भूमिका महत्त्वपूर्ण हुने भए तापनि पार्टीभित्र 'चाकडी' गर्ने र 'मैदानमा नउत्रने' हरूलाई मात्र अवसर दिइएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, 'दुईवटा विशाल कम्युनिस्ट पार्टी एक हुँदै हालसम्म हाम्रो मूल नेतृत्वको वरिपरि घुम्ने, चाकडी गर्ने, मैदानमा नउत्रिने र जनताका बीचमा नजानेलाई मात्र नेतृत्वमा ल्याउने र पद दिने काम गरियो । हामी जस्ता नेतृत्व, सङ्गठन र जनताप्रति उत्तरदायी कार्यकर्तालाई पाखा लगाउने निरन्तर प्रयास भइरह्यो ।'
आफैँले सङ्गठित गरेका, आन्दोलनमा कुनै योगदान नगरेका, निश्चित व्यक्तिको चाकडी गरेका अवसरवादी व्यक्तिलाई मात्र पद र अवसर दिने गरिएको उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण