शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै

शनिबार, २६ पुस २०८२, ०४ : ३२
शनिबार, २६ पुस २०८२

सारांश

  • सुनसरीमा आगामी निर्वाचनका लागि ३,५७८ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।
  • प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले भर्ना प्रक्रिया सुरु भएको जानकारी दिए।
  • १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन्।

सुनसरी। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा तीन हजार ५७८ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

शुक्रबारदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । सुनसरीमा नेपाल प्रहरीतर्फ तीन हजार १४९ र सशस्त्र प्रहरी बल नेपालतर्फ ४२९ जना गरी कुल तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको उनले बताए ।

प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकाले जिल्लामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको प्रनाउ खड्काले बताए ।

यही पुस २५ शुक्रबारदेखि आगामी माघ १ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर ४ वाहिनी इनरुवामा आवेदन दिन सक्ने उनले जानकारी दिए ।

सुनसरीमा चार निर्वाचन क्षेत्र छ भने पाँच लाख ८० हजार ९४५ जना मतदाता छन् । जिल्लामा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय इनरुवा सुनसरीका प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप