एमालेबाट उम्मेदवार सिफारिस नेता नै रास्वपामा प्रवेश
सुर्खेत । नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट पतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
शनिबार रास्वपाको केन्द्रीय कार्यालयमै गएर उनी पार्टी प्रवेश गरेका हुन् । बस्नेत एमाले दैलेखमा चिनिएकै नेता हुन् । उनलाई यसअघि नै चुनाव लड्ने नेताका रूपमा चर्चा गरिन्थ्यो । सोही अनुसार यो पटक एमाले दैलेखले क्षेत्र नम्बर १ बाट बस्नेतसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।
पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिए । तर बस्नेत, रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमै सिफारिस गरिएको छ । यता बस्नेतले भने रास्वपा प्रवेश गरेपछि एमाले कार्यकर्ताहरू अचम्ममा परेका छन् ।
एक नेताका अनुसार उनी एमालेबाट टिकट नपाउने निश्चित भएसँगै रास्वपमा प्रवेश गरेका हुन् । सम्भवतः बस्नेत रास्वपाबाट दैलेख-१ मा चुनाव लड्ने सम्भावना देखिएको छ ।
शनिबार पार्टी प्रवेश गर्नेमा अनेरास्ववियु पूर्वकेन्द्रीय सदस्य शमशेर खड्का, राष्ट्रिय युवा संघ सहकारी विभागका केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना, नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी अधिकृत बखतबहादुर शाहीलगायत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण