मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महिला प्रिमियर लिग : गुजरात जायन्ट्सको विजयी सुरुवात, यूपी १० रनले पराजित

शनिबार, २६ पुस २०८२, २० : ३५
शनिबार, २६ पुस २०८२

सारांश

  • मुम्बईमा भएको खेलमा गुजरात जायन्ट्सले यूपी वारियर्सलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।
  • गुजरातले दिएको २०८ रनको लक्ष्य पछ्याएको यूपी वारियर्सले १९७ रन मात्र बनाउन सक्यो, फिबी लिचफिल्डले सर्वाधिक ७८ रन बनाइन्।
  • खेलमा गुजरातका कप्तान एश्ले गार्डनरले ६५ रन बनाए भने दुई टोलीबाट २१ छक्का प्रहार हुनुका साथै नयाँ विश्व कीर्तिमान कायम भयो।

मुम्बई । महिला प्रिमियर लिग (डब्लुपीएल) २०२६ को आफ्नो पहिलो खेलमा गुजरात जायन्ट्सले विजयी सुरुवात गरेको छ। शनिबार मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको रोमाञ्चक भिडन्तमा गुजरातले यूपी वारियर्सलाई १० रनले पराजित गरेको हो। 

गुजरातले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याएको यूपी वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १९७ रन मात्र बनाउन सक्यो। यूपीका लागि फिबी लिचफिल्डले सर्वाधिक ७८ रनको उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकिनन्। गुजरातको बलिङमा रेणुका सिंह ठाकुर, सोफी डिभाइन र जर्जिया वेयरहमले २–२ विकेट लिए। कप्तान एश्ले गार्डनर र राजेश्वरी गायकवाडले समान १–१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात जायन्ट्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो। यो डब्लुपीएल इतिहासमा गुजरातको अहिलेसम्मकै उच्च स्कोर हो। 

गुजरातको ब्याटिङमा कप्तान एश्ले गार्डनरले ६५ र अनुष्का शर्माले ४४ रनको योगदान दिए। यी दुईबिच १०३ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। त्यस्तै सोफी डिभाइनले ३८ रनको आक्रामक इनिङ्स खेलिन्। यूपीका लागि सोफी एक्लेस्टोनले २ विकेट झारेकी थिइन्।

गुजरात र यूपीबिचको यो खेलले महिला टी-२० क्रिकेट इतिहासमा नयाँ विश्व कीर्तिमान समेत कायम गरेको छ। यस खेलमा दुवै टोलीबाट गरी कुल २१ वटा छक्का प्रहार भए, जुन महिला टी-२० को एउटै खेलमा लागेको अहिलेसम्मकै धेरै छक्का हो। 

यसअघि महिला बिग बास लिग र डब्लुपीएल २०२४ को खेलमा १९ वटा छक्का प्रहार भएको कीर्तिमान थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप