कांग्रेसको विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि
सारांश
- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ, काठमाडौँमा महाधिवेशन हुँदैछ।
- महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि सुरु हुनेछ, र परिचय पत्र अनिवार्य छ।
- विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ, जसमा ६० प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी छ।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ । विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट विशेष महाधिवेशन पक्षधर काठमाडौँ आइसकेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आज बिहान ८ बजेदेखि सुरु हुने भएको छ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ ।
उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिई आउनसमेत अनुरोध गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।
गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए । कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण