कांग्रेसको विशेष महाधिवेशन : काठमाडौँका ६ स्थानबाट जुलुस निस्कने
सारांश
- नेपाली कांग्रेसमा संस्थापन पक्षको विरोधका बाबजुद विशेष महाधिवेशन आजबाट सुरु हुँदैछ।
- महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १:०० बजे उद्घाटन हुनेछ, जहाँ शक्ति प्रदर्शनको तयारी छ।
- विभिन्न स्थानबाट जुलुस निकालिनेछ, जसमा विभिन्न जिल्ला र क्षेत्रका कार्यकर्ता सहभागी हुनेछन्।
काठमाडौँ । नेपाली कांग्रेसमा संस्थापन पक्षको चर्को असहमति र विरोधका बाबजुद विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा आजदेखि विशेष महाधिवेशन सुरु हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १:०० बजे एक भव्य समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने तय भएको छ।
उद्घाटन सत्रलाई शक्ति प्रदर्शनको रूपमा देखाउन आयोजकले बिहान ११:०० बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न ६ वटा मुख्य स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्। सुन्धाराबाट सुरु हुने पहिलो रुटमा चितवन, अर्घाखाँची र सुदूरपश्चिमका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ८, ९ र १० का कार्यकर्ताहरू सहभागी हुनेछन्। यो जुलुस वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
त्यस्तै, नुवाकोट, रसुवा र धादिङका कार्यकर्ताहरू रत्नपार्कमा भेला भएर भृकुटीमण्डप प्रवेश गर्नेछन्। तेस्रो रुट अन्तर्गत पद्मकन्या क्याम्पसबाट बाँके, बर्दिया र मधेश प्रदेशका जिल्लाका साथै काठमाडौँका क्षेत्र नम्बर ५, ६ र ७ का कार्यकर्ताहरू पुतलीसडक हुँदै अगाडि बढ्नेछन्।
भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र काठमाडौँका क्षेत्र नम्बर २ र ३ का सहभागीहरू शंकरदेव क्याम्पसमा भेला भएर कार्यक्रम स्थल पुग्नेछन्। कमलपोखरीबाट सुरु हुने पाँचौँ रुटमा काठमाडौँ क्षेत्र नम्बर १ र ४ का कार्यकर्ताहरू डिल्लीबजार र पुतलीसडक हुँदै जुलुसमा होमिनेछन्।
छैटौँ रुट अन्तर्गत ललितपुर र मकवानपुरका कार्यकर्ताहरू कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर र रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्ने तय भएको छ।
पार्टीको संस्थापन पक्षले यस महाधिवेशनलाई वैधानिकता नदिने बताइरहँदा विशेष महाधिवेशन पक्षधरहरूले भने पार्टी सुधारका लागि यो कदम अनिवार्य भएको दाबी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण