माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो
आइतबार, २७ पुस २०८२, ०९ : २६
दाङ । माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो ।
माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताए । उनले भने, “पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको छ ।”
आफूहरूले समेत माइतीमा दाउरा लैजाने गरेको भए पनि अहिले त्यो चलन हराएको उनको भनाइ छ । अहिले घरघरमा हिटरको समेत प्रयोग हुने तथा पहिलेजस्तो दाउराको समस्या पनि नहुने भएकाले त्यसरी दाउरा लैजाने चलन हराएको हुनसक्ने थारू अगुवा खुसीराम चौधरीले बताए । “अहिले घरघरमा हिटर हुन्छ, पहिलेजस्तो समस्या पनि हुँदैन”, उनले भने, “त्यसैले पनि अहिले यो चलन हराएको हुनसक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण