मुम्बईसँग दिल्ली ५० रनले पराजित
सारांश
- महिला प्रिमियर लिगमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गर्यो।
- टस हारेर ब्याटिङ गरेको मुम्बईले १९५ रन बनायो, जसमा हरमनप्रीत र नैट सिवर-ब्रन्टको महत्वपूर्ण योगदान रह्यो।
- १९६ रनको लक्ष्य पछ्याएको दिल्ली १४५ रनमा सीमित भयो, शिनेल हेनरीले अर्धशतक बनाए पनि टिमले हार ब्यहोर्यो।
नयाँ दिल्ली । महिला प्रिमियर लिग (डब्लूपीएल) को तेस्रो खेलमा साबिक विजेता मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्समाथि सानदार जित दर्ता गरेको छ। शनिबार डीवाई पाटिल स्टेडियममा भएको प्रतिस्पर्धामा मुम्बईले दिल्लीलाई ५० रनको फराकिलो अन्तरले हराएको हो।
टस जितेर दिल्लीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १९५ रनको विशाल योगफल तयार पारेको थियो। मुम्बईका लागि कप्तान हरमनप्रीत कौर र नैट सिवर-ब्रन्टले विस्फोटक ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका थिए। हरमनप्रीतले ७४ रनको योगदान दिइन् भने नैट सिवर-ब्रन्टले ७० रन बनाइन्। दिल्लीका तर्फबाट डेब्यु खेलाडी नन्दिनी शर्माले २ विकेट लिए पनि मुम्बईको रनको गति रोक्न सकिनन्।
१९६ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निकै फितलो सुरुवात गर्यो र पूरै टिम १४५ रनमा सीमित भयो। दिल्लीका लागि शिनेल हेनरीले मात्र केही संघर्षपूर्ण ब्याटिङ गरिन्। उनले ३३ बलमा ५६ रनको अर्धशतकीय इनिङ्स खेलिन् तर अन्य ब्याटर चल्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो।
मुम्बईका तर्फबाट निकोला केरी र अमेलिया केरले धारिलो बलिङ गर्दै ३–३ विकेट झारे। त्यस्तै न्याट सिवर-ब्रन्टले बलिङमा पनि चमक देखाउँदै २ विकेट हात पारिन् भने शबनम इस्माइल र संस्कृति गुप्ताको नाममा १–१ विकेट रह्यो।
पहिलो खेलमा बेंगलुरुसँग पराजित भएको मुम्बईको यो सिजनको पहिलो जित हो। अर्कोतर्फ दिल्लीले भने आफ्नो पहिलो खेलमै हारको सामना गर्नुपरेको छ। दिल्लीले अब आइतबार हुने खेलमा गुजरातसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण