राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ : प्रदेश प्रमुख मियाँ
सारांश
- प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय एकता सुदृढ बनाउन सबैलाई आग्रह गरे।
- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले एकता र सहिष्णुता बढाउने विश्वास व्यक्त गरे।
- उनले पृथ्वीनारायण शाहको अभियानलाई अतुलनीय भन्दै राष्ट्रिय पहिचानको आधार रहेको बताए।
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै अग्रसर हुनुपर्ने बताएका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को शुभकामना दिँदै उनले यस दिवसले राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न तथा देशको सार्वभौमिकता र अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘अनेकौँ स–साना राज्यहरूमा विभक्त भूगोललाई एकीकृत गरी एउटा सबल र आधुनिक राष्ट्र निर्माण गर्ने महान् सङ्कल्पका साथ पृथ्वीनारायण शाहले सुरु गर्नुभएको अभियान ऐतिहासिक रूपमा अतुलनीय छ,’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ ‘नेपाललाई साझा फूलबारी का रूपमा परिचित गराउँदै विविध जातजाति, भाषाभाषी र समुदायबिच भावनात्मक एकताको जग बसाल्ने कार्य नै आजको हाम्रो राष्ट्रिय पहिचानको आधार हो ।’
इतिहासका विभिन्न कालखण्डमा सोही अभियानलाई निरन्तरता दिइएकै कारण विश्वमा एक सार्वभौम र स्वतन्त्र नेपालीका रूपमा शिर उच्च राख्न सफल भएको उनको भनाइ छ ।
‘यस विशेष दिवसले हामी सबैलाई राष्ट्रिय एकताको अटुट सूत्रमा बाँध्न, आपसी सहिष्णुता कायम राख्न र देशको सार्वभौमिकता तथा अखण्डतालाई अक्षुण्ण राख्न थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास मैले लिएको छु । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै मुलुकको चौतर्फी हितमा अग्रसर हुनु नै आज हामी सबैको प्रमुख आवश्यकता हो,’ प्रदेश प्रमुख मियाँले भनेका छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले समस्त नेपालीहरूबिच आपसी सद्भाव, विश्वास, प्रेम र एकताको भावनालाई थप प्रगाढ बनाउँदै मुलुकको सर्वाङ्गीण प्रगति र समृद्धिको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण