चोरीको मोटरसाइकसहित युवक पक्राउ
आइतबार, २७ पुस २०८२, ११ : ३७
सारांश
- काठमाडौंको केशरमहलबाट प्रहरीले चोरीको मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रामेछापका २४ वर्षीय विक्रम सुनुवार छन्।
- प्रहरीले उनको साथबाट १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ, र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–२७ स्थित केशरमहलबाट चोरीको मोटरसाइकल सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–४ बस्ने २४ वर्षीय विक्रम सुनुवार छन् ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले चोरीको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
आरोपीको साथबाट प्रहरीले बा.प्र–०२–०२१ प ३७३४ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ । आरोपीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण