यस्ता छन् प्रियङ्का ५ दमदार भूमिका
सारांश
- प्रियंका चोपडाको आगामी हलिउड फिल्म 'द ब्लफ' २५ फेब्रुअरीमा रिलिज हुँदैछ, जसमा उनी फरक अवतारमा देखिनेछिन्।
- प्रियंकाले 'द स्काई इज पिङ्क' मा बिरामी छोरीको लागि संघर्ष गर्ने आमाको भूमिका निभाएकी थिइन्, जसको प्रशंसा भयो।
- उनले 'बाजीराव मस्तानी', 'म्यारी कोम', 'बर्फी' र 'फेशन' जस्ता फिल्महरूमा उत्कृष्ट अभिनय गरेकी छिन्।
मुम्बई । प्रियङ्का चोपडा यतिबेला आफ्नो आगामी हलिउड फिल्म ‘द ब्लफ’को कारण चर्चामा छिन् । फिल्म आगामी २५ फेब्रुअरीमा रिलिज हुने तयारीमा छ। फिल्ममा प्रियङ्का एक फरक अवतारमा देखिनेछिन्, जहाँ उनले आफ्नो परिवारको रक्षाका लागि कडा संघर्ष गरेको देखाइनेछ ।
प्रियङ्का बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको जादु छरिसकेकी छिन् । ‘द ब्लफ’को प्रतीक्षा भइरहँदा, यहाँ प्रियंकाका ती ५ उत्कृष्ट भूमिकाहरूको चर्चा गरिएको छ जसका लागि उनको सधैँ प्रशंसा हुने गर्छ ।
अदिति चौधरी

फिल्म ‘द स्काई इज पिङ्क’मा प्रियङ्का चोपडाले अदिति चौधरी नामक एक आमाको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनी आफ्नी बिरामी छोरीका लागि एक साहसी र सङ्घर्षशील आमाको रूपमा आफूलाई प्रस्तुत गरेकी थिइन् । खुसी, पीडा र साहसको समिश्रण रहेको उनको यो अभिनयले दर्शकको मन छोएको थियो। यो उनको करियरकै सबैभन्दा भावनात्मक फिल्म मानिन्छ ।
काशीबाई

सञ्जय लीला भन्सालीको ऐतिहासिक फिल्म ‘बाजीराव मस्तानी’ मा प्रियंकाले ‘काशीबाई’ को भूमिका निभाएकी थिइन् । फिल्ममा उनले आफ्नो श्रीमानको अर्को प्रेम स्वीकार्नुपर्दाको पीडा र गरिमा सुन्दर ढंगबाट प्रस्तुत गरेकी थिइन् । संवाद भन्दा पनि आफ्नो अनुहारको हाउभाउबाट गहिरो दुःख व्यक्त गर्ने उनको कलाको सर्वत्र प्रशंसा भएको थियो ।
म्यारी कोम

प्रसिद्ध भारतीय बक्सर म्यारी कोमको बायोपिकमा प्रियंकाले मुख्य भूमिका निर्वाह गरेकी थिइन् । यस भूमिकाका लागि उनले आफ्नो शारीरिक बनावट र मानसिक शक्तिमा निकै काम गरेकी थिइन् । एउटा खेलाडीको दृढता, एउटी आमाको जिम्मेवारी र पत्नीको भूमिकालाई उनले पर्दामा देखाएकी थिइन् ।
झिलमिल

फिल्म ‘बर्फी’मा प्रियङ्का चोपडाले ‘अटिजम स्पेक्ट्रम डिसअर्डर’ भएकी झिलमिल नामक युवतीको भूमिका निभाएकी थिइन् । विना कुनै ठूला संवाद, केवल आफ्नो शारीरिक भाषा र निर्दोष हाउभाउका माध्यमबाट उनले दर्शकलाई मन्त्रमुग्ध पारिन् । रणवीर कपुरसँगको उनको केमिस्ट्री र चुनौतीपूर्ण भूमिकामा उनको पकड लोभलाग्दो थियो ।
मेघना माथुर
फिल्म ‘फेशन’ प्रियंकाको करियरको ‘टर्निङ प्वाइन्ट’ मानिन्छ । यसमा उनले मेघना माथुरको भूमिका निभाएकी थिइन्, जो फेशनको दुनियाँमा सफल मोडल बन्ने सपना देख्छिन् । सफलताको उचाइ र पतनको कथालाई उनले निकै इमानदारीका साथ पर्दामा उतारिन् । यही फिल्मका लागि उनले भारतको प्रतिष्ठित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत प्राप्त गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण