मिस लिटिल नेवाःका प्रतियोगीले देखाए ट्यालेन्ट
सारांश
- काठमाडौंमा नेवार समुदायका बालिकाहरूको प्रतिभा निखार्ने उद्देश्यले 'मिस लिटिल नेवाको १५औँ' प्रतियोगिता हुँदैछ।
- प्रतियोगितामा ९ देखि १३ वर्षका २० प्रतिस्पर्धीले नृत्य, स्केच, र वाद्यवादन लगायतका विधामा आफ्नो प्रतिभा देखाए।
- नेप्लिज फेसन होमको आयोजनामा माघ ५ गते अन्तिम प्रतिस्पर्धा हुनेछ, जसमा मिस नेवा विजेताहरूले कोरियोग्राफी गर्नेछन्।
काठमाडौँ । नेवार समुदायका बालिकाहरूको प्रतिभा निखार्ने उदेश्यले आयोजित ‘मिस लिटिल नेवाको १५औँ’ का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । शनिबार गौशालास्थित होटेल पौवामामा आयोजित ट्यालेन्ट शोमा उनीहरुले नृत्य, स्केटिङ, जिम्न्याष्टिक, चित्रकला, भ्वाइलिन वादन, धिमे वादन, चर्या नृत्य, कुमारी नृत्य, बज्रयोगिनी नृत्य, स्केचजस्ता विविध बिषयमा आ–आफ्नो ट्यालेन्ट देखाएका हुन् ।
प्रतियोगितामा ९ देखि १३ वर्षका २० प्रतियोगी छन् । ट्यालेन्ट शोमा अधिवक्ता लक्ष्यमान महर्जन, लायन्स क्लब काठमाडौँ डिष्ट्रिकका सल्लाहकार मनकृष्ण श्रेष्ठ, डा.शिक्षिता श्रेष्ठ, नमुना फेसन कलेजका भाइस पिन्सिपल जिवेश्वरलाल श्रेष्ठ, बाँसुरी वादक सचिन महर्जन, नेवारी फिल्मकी अभिनेत्री हिसिला महर्जन, नेवार भाषा प्रशिक्षक राजु नापित र मिस लिटिल नेवा नयना शाक्य निर्णायक रहेका थिए ।
नेप्लिज फेसन होम आयोजक रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ५ गते राजधानीमा हुनेछ । प्रतियोगिता मिस नेवा सकिना महर्जन, मिस नेवा प्रलिशा शाक्य र मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा मिस नेवा कृषा महर्जनको संयोजन रहने आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण