कांग्रेस विशेष महाधिवेशनमा राजतन्त्रको चर्चा
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २०४७ को संविधान र राजतन्त्रबारे पुनर्विचार गर्नुपर्ने आवाज उठेको छ । आइतबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसलाई कम्युनिस्ट मुक्त बनाउँदै राजतन्त्रबारे पुनर्विचार गर्नुपर्ने धारणा राखेका हुन् ।
‘प्रजातन्त्रको ठाउँमा लोकतन्त्र हुन सक्दैन । हामी कहिल्यै लोकतन्त्रका लागि लडेनौ’, शर्माले शुभकामना मन्तव्य राख्ने क्रममा भने, ‘आज म अनुरोध गर्न चाहान्छु । पहिलेको जस्तो कांग्रेस बनाउनुपर्छ । वीपी, गणेशमान, गिरिजाले नेतृत्व गरेको कांग्रेस बनाउनुपर्छ ।’
उनले कांग्रेसमा तीन विषय परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नीतिगत सुधार, कार्यगत सुधार र नेतृत्वको सुधार गर्नुपर्नेमा जोड दिए ।
शर्माले कांग्रेसले लोकतन्त्र र समाजवाद पनि हटाउनुपर्ने बताए ।
‘प्रजातन्त्रका ठाउँमा लोकतन्त्र नराखौँ, समाजवाद र संवैधानिक राजतन्त्रका बारेमा पनि पुनर्विचार गरौँ । छलफल गरौँ’, उनले धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्र कांग्रेस राख्न पनि सुझाव दिए ।
उनले नेपाली कांग्रेसले आफ्नो नीति छाडेको भन्दै कम्युनिस्टहरूको नीतिलाई भित्र्याएकोमा आक्रोश पोख्दै भने, ‘हामी कमजोर भएका छौँ । हामीमा कम्युनिस्टको गन्ध आएको छ हरेक ठाउँमा’, शर्माले भने, ‘कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्ने भएको छ । ६१ सालसम्मको जस्तो निर्देशित कांग्रेस हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण