अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको २८ हजार रन पूरा
सारांश
- भारत र न्युजिल्यान्डबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले ३०१ रनको लक्ष्य पछ्याइरहेको छ।
- विराट कोहलीले २८ हजार रन पूरा गरे भने रोहित शर्माले एकदिवसीय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ओपनरको कीर्तिमान बनाए।
- न्युजिल्यान्डले ३०० रन बनाएको थियो भने भारतले १७ ओभरमा ११३ रन बनाइसकेको छ।
वडोदरा । कोटांबी स्टेडियममा आइतबार खेलिएको एकदिवसीय सिरिजको पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध भारत ३०१ रनको विशाल लक्ष्य पछ्याइरहेको छ ।
टस जितेर भारतले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०० रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको भारतले १७ ओभरमा एक विकेट गुमाएर ११३ रन बनाइसकेको छ । कप्तान शुभमन गिल र विराट कोहली क्रिजमा जमेका छन् ।
विराट कोहलीको अन्तर्राष्ट्रिय क्रिकेटमा २८ हजार रन पूरा
यसै क्रममा विराट कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २८ हजार रन पूरा गरेका छन् । उनले आफ्नो १३औँ ओभरमा २६औँ रन बनाएसँगै यो महत्त्वपूर्ण उपलब्धि हासिल गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी सचिन तेन्दुलकर हुन्, जसको नाममा ३४ हजार ३ सय ५७ रन दर्ता छ । श्रीलंकाका कुमार संगकारा २८ हजार ०१६ रनसहित दोस्रो स्थानमा छन् ।
रोहित शर्माले आज क्रिस गेलको रेकर्ड तोडेका छन् । शर्माले आज २६ रन बनाएर दोस्रो छक्का प्रहार गरेसँगै उनी एकदिवसीय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ओपनर बनेका छन् । उनले वेस्ट इन्डिजका क्रिस गेलको ३२८ छक्काको रेकर्ड तोडेका हुन् । रोहित शर्माले ओपनरका रूपमा १९३ एकदिवसीय खेलमा ३२९ छक्का प्रहार गरिसकेका छन् ।
यसअघि नै रोहित शर्मा कुनै पनि ब्याटिङ पोजिसनमा एकदिवसीय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान हुन् । उनको नाममा हालसम्म कुल ३५७ छक्का दर्ज छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण