हाम्रो देश कसैले बनाइदिँदैन, आफैँ जुट्नुपर्छ : अभिनेता राजेश हमाल
सारांश
- राजेश हमालले देशको विकासका लागि नागरिकको सक्रियता आवश्यक रहेको बताए।
- उनले जनताले राम्रो नेतृत्व चयन गर्नुपर्ने र गुनासो मात्र गरेर नहुने धारणा राखे।
- इष्टर्न सहारा कम्पनीले साना पुँजीलाई एकीकृत गरी लगानी गर्ने योजना बनाएको छ।
झापा | नेपाली चलचित्रका महानायक राजेश हमालले मुलुकको विकासका लागि विदेशीको मुख ताक्नुभन्दा जनस्तरबाटै सक्रिय हुनुपर्नेमा जोड दिएका छन्। झापाको बिर्तामोडमा आयोजित 'इष्टर्न सहारा कम्पनी लिमिटेड' को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देश निर्माणमा नागरिकको भूमिका नै सबैभन्दा ठूलो हुने स्पष्ट पारे।
"हाम्रो देश अरू कसैले बनाइदिँदैन, कसैले बनाइदियो भने पनि त्यसमा उसको स्वार्थ लुकेको हुन्छ," हमालले भने, "अहिलेको समयमा सबैभन्दा ठूलो शक्ति कोहीसँग छ भने त्यो जनतासँग मात्र छ।" उनले देशमा केही भएन वा सरकारले केही गरेन भनेर गुनासो मात्र गर्नुको अर्थ नभएको टिप्पणी गरे। सरकारमा जानेहरू जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यहाँ हुने राम्रा-नराम्रा कामको भागिदार जनता पनि हुने उनको तर्क थियो। देशलाई समृद्धिको बाटोमा लैजाने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ सधैँ चनाखो रहन उनले आग्रह गरे।
इष्टर्न सहारा जस्ता कम्पनीहरूले सानो पुँजीलाई एकीकृत गरेर लगानी गर्दा मुलुक समृद्ध हुने हमालको विश्वास थियो। यस्ता लगानीले रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ठूलो मद्दत पुग्ने उनले बताए।
कार्यक्रममा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले साना पुँजीलाई समेटेर हरित ऊर्जामा लगानी गर्ने उद्देश्य रहेको जानकारी दिए। कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा क्रमशः लगानी विस्तार गर्ने योजना बनाएको छ।
कम्पनीका प्रबन्धक कृष्ण रानाभाटका अनुसार हाल यसको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुगिसकेको छ। साधारणसभामा साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्का, सञ्चालक कल्पना विक र सेयर सदस्य एकराज गिरीले पनि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाबारे चर्चा गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण