कांग्रेस विशेष महाधिवेशन
विशेष महाधिवेशनको उद्घाटन सत्र विशेष रह्यो: गगन थापा
आइतबार, २७ पुस २०८२, २३ : ०३
सारांश
- गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र विशेष रहेको बताए ।
- उनले नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले महाधिवेशन सफल भएको उल्लेख गरे ।
- काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्र विशेष रहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजना गरिएको महाधिवेशन सफल भएको उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसलाई सही दिशामा उभ्याउने उद्देश्यले आयोजित यस महाधिवेशनमा सहभागी हुनुहुने तथा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार,’ थापाले लेखेका छन् ।
नेपाली कांग्रेसले आइतबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण