बालाजुबाट ४ सय बोरा युरिया मल बरामद
सोमबार, २८ पुस २०८२, १४ : ५३
सारांश
- प्रहरीले काठमाडौंको बालाजुबाट ४ सय बोरा युरिया मल बरामद गरेको छ।
- भन्सार छलेर ल्याएको मल र ६० बोरा मकै पनि बरामद गरिएको छ।
- ट्रक चालक रौतहटको एक युवक पक्राउ परेका छन्, उनलाई भन्सार कार्यालय पठाइएको छ।
काठमाडौँ । काठमाडौँको बालाजुबाट प्रहरीले ४ सय बोरा युरिया मल बरामद गरेको छ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु पुलबाट ४ सय बोरा युरिया बरामद गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
भन्सार छलेर ल्याएको मल र ६० बोरा मकै पनि प्रहरीले बरामद गरेको छ । सो सामान ल्याउने ना.६ ख ७०११ नम्बरको ट्रक चालक रौतहट वृन्दावन नगरपालिका–६ घर भएका २५ वर्षीय राजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चालकसहित भन्सार छलीको सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण