सुदूरपश्चिममा १५ हजार बढी निर्वाचन प्रहरी माग, कैलालीमा सर्वाधिक कोटा
धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सुदूरपश्चिम प्रदेशमा ठुलो संख्यामा अस्थायी प्रहरी जनशक्ति निर्वाचन प्रहरी परिचालन गर्ने भएको छ । भर्ना आवेदन खुला भएसँगै प्रदेशका नौवटै जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक युवाहरूको लर्को लागेको छ ।
निर्वाचन सुरक्षा योजना अनुसार सुदूरपश्चिम प्रदेशभर कुल १५ हजार १८८ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । जनसंख्या र निर्वाचन क्षेत्रको चापका आधारमा जिल्लागत कोटा निर्धारण गरिएको छ, जसमा सबैभन्दा धेरै जनशक्ति कैलालीमा र सबैभन्दा कम दार्चुलामा खटाइनेछ ।
तथ्यांक अनुसार कैलाली जिल्लाका लागि सर्वाधिक ४ हजार ९८ जनाको कोटा तोकिएको छ भने दार्चुलाका लागि ९३० जना मात्र माग गरिएको छ । कञ्चनपुरमा २ हजार ३२७, अछाममा १ हजार ६४२ र बझाङमा १ हजार ५८० जना भर्ना गरिनेछ । त्यस्तै बैतडीमा १ हजार ३७५, डोटीमा १ हजार १३६, बाजुरामा १ हजार ६० र डडेल्धुरामा १ हजार ४० जना निर्वाचन प्रहरी छनोट गरिने उल्लेख छ ।
नेपाल प्रहरी–सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ को मापदण्डमा आधारित रहेर यो भर्ना प्रक्रिया अघि बढाइएको हो । सुदूरपश्चिममा प्रतिनिधिसभा तर्फका १६ निर्वाचन क्षेत्र र प्रदेशभर कायम गरिएका १ हजार १७६ मतदानस्थलको सुरक्षा व्यवस्थापनमा यो जनशक्ति परिचालन हुनेछ ।
आवेदन खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा देखिएको युवाहरूको उत्साहले निर्वाचनको सरगर्मी बढेको संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण