अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घट्यो
सारांश
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ, इरानको भनाइपछि तेल बजारमा कमी आएको हो।
- इरानका विदेश मन्त्री अब्बास अराक्चीले अवस्था नियन्त्रणमा रहेको बताएपछि तेलको मूल्य घट्यो।
- भेनेजुएलाबाट तेल निर्यात सुरु हुने संकेत र युरोपेली सेयर बजारमा आएको कमीले पनि तेलको भाउ घट्यो।
लन्डन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । वर्षौँयताकै सरकारविरोधी ठुलो प्रदर्शन आफ्नो पूर्ण नियन्त्रणमा रहेको इरानको भनाइपछि सोमबार तेल बजारमा कमी आएको हो ।
सप्ताहन्तमा विरोध प्रदर्शन भड्किएर सयौँको मृत्यु भएको खबर आइरहँदा सोमबार इरानका विदेश मन्त्री अब्बास अराक्चीले अवस्था पूरै नियन्त्रणमा रहेको बताएका थिए । भेनेजुएलामा अमेरिकी सैनिक कारवाही र विकसित घटनाक्रमबिच तेलको निर्यात पुनः सुरु हुने भेनेजुएलाको संकेतले पनि तेलको भाउ घटेको हो ।
सोमबार लन्डनस्थित आईसीई एक्सचेन्जको कोमेक्स डिभिजनमा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल ६३ डलर शून्य ३ सेन्टमा आएको थियो । यो शुक्रबार कोमेक्समा कारोबार बन्द हुने बेलाको भन्दा ३१ सेन्ट कम हो ।
उता न्यूयार्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा तेलको अमेरिकी बेन्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को भाउ पनि शून्य दशमलव ६ प्रतिशतले घटेर प्रतिब्यारेल ५८ डलर ७६ सेन्टमा आएको छ । यो पनि अघिल्लो कारोबार दिनको तुलनामा ३६ सेन्ट कम हो ।
युरोपेली सेयर बजारमा आएको कमी र कच्चा तेलको आपूर्तिमा अतिरिक्त अवरोधको संकेतहरू मत्थर बन्दै जाँदा तेलको भाउ घटिरहेको यूबीएसका विश्लेषक जियोभान्नी स्ताउनोभो बताएका छन् । गएको हप्ता इरानमा सरकार विरोध प्रदर्शन दबाउने प्रयास बढाइएसँगै ब्रेन्ट र डब्ल्यूटीआई दुवैको भाउ ३ प्रतिशतभन्दा धेरैले बढेका थिए, यो अक्टोबरयताकै सबैभन्दा ठुलो वृद्धि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण