८ उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले उपसचिव तथा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको पदस्थापन र सरुवा गरेको छ ।
२०८२ पुस २८ गतेको निर्णयअनुसार उपसचिव जुनु हुमाल ढकाललाई जिल्ला प्रशासन कार्यालय डोल्पाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबारमा कार्यरत निर्देशक मुकेश कुमार केशरीलाई जिल्ला प्रशासन कार्यालय बझाङको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पामा कार्यरत प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई जिल्ला प्रशासन कार्यालय पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी केशव बहादुर डुकाठीलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयअन्तर्गत कार्यरत उपसचिव नवराज बराललाई जिल्ला प्रशासन कार्यालय बाजुरामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उपसचिव भविन्द्र घिमिरेलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा तथा उपसचिव कृष्ण प्रसाद गैरेलाई जिल्ला प्रशासन कार्यालय धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा कार्यरत सहायक सीडीओ जनकराज पन्तलाई गृह मन्त्रालयअन्तर्गत उपसचिवमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण