पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैन: मन्त्री सिन्हा
सारांश
- मन्त्री सिन्हाका अनुसार नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिनु उपयुक्त हुँदैन ।
- उनका अनुसार, अन्य संस्थाहरू पनि नागरिकसरह दर्ता भएका छन् र एउटैलाई मात्रै अधिकार दिनु उचित होइन ।
- मन्त्रीले सङ्घको कामको प्रशंसा गर्दै, यसको स्थापना प्रक्रियालाई ध्यान दिनुपर्ने बताए ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनले सङ्घ नागरिकले जस्तै संस्था दर्ता ऐनअन्तर्गत स्थापना भएकाले एउटा संस्थालाई मात्रै एकाधिकार दिने कुरा जायज नहुने बताएका हुन् ।
मन्त्री सिन्हाले मुलुकको परिवर्तित सन्दर्भ र सङ्घीयताअनुसार पनि एउटै संस्थालाई एकाधिकार हुने गरी कानुनी व्यवस्था गर्न उपयुक्त नहुने उल्लेख गरे ।
उनले भने, “नेपाल पर्वतारोहण सङ्घले हालसम्म गरी आएको काम र योगदान अतुलनीय छ, तथापि यो संस्थाको सुरुआत र स्थापना कसरी भएको छ भनेर हेर्नुपर्छ । उहाँहरूले संस्था दर्ता ऐनअन्तर्गत केही सीमित व्यक्तिहरूबाट सुरु गरेर हाल ठुलो आकारमा काम गरिराख्नुभएको छ । यस्तै प्रकृतिका अरू संस्था पनि छन् । त्यसैले एउटालाई एकाधिकार दिने कुरा राम्रो हुँदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण