गगनलाई प्रदीपको प्रश्न– संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई जायज ठहर्याउन थालियो भने कहाँ पुगिएला ?
सारांश
- एमाले नेता प्रदीप ज्ञवालीले कांग्रेसको विशेष महाधिवेशनमा उठेका प्रश्नहरूमाथि चासो व्यक्त गरे।
- ज्ञवालीले गगन थापालाई संकेत गर्दै संविधान र राष्ट्रियतामाथिको आक्रमणलाई जायज ठहराउन खोजिएको भन्दै प्रश्न उठाए।
- उनले भदौ २४ गतेको विध्वंस र त्रासदीप्रति मौनता वा तुष्टिकरणप्रति चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कांग्रेसको विशेष महाधिवेशनमा अघि सारिएको दस्ताबेजमाथि प्रश्न उठाएका छन् । गगन थापाको नाम नलिईकन उनलाई नै लक्षित गरेर ज्ञवालीले संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई जायज ठहर्याउन थालियो भने कहाँ पुगिएला ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्– 'नेपाली काँग्रेसको विशेष महाधिवेशन जारी छ । त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको लोकतान्त्रिक आन्दोलनको सहयात्रीको हैसियतले हाम्रो यौटै कामना छ– मतभेदलाई सुझबुझपूर्ण ढङ्गले समाधान गर्दै नेपाली काँग्रेस अझ एकताबद्ध र सुदृढ बन्न सकोस् ।तर कतिपय नेताका अभिव्यक्ति र पेस गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गम्भीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंस र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । '
ज्ञवाली थप भन्छन्– 'सत्य हो-समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरूसँग समाज, सत्ता र संस्थाहरूको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरूले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरूको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रूपान्तरण गर्ने र युवाहरूलाई मानवढाल बनाउने कृत्यमा संलग्नहरूलाई पनि ’जेन्जी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्याउने हो भने त्यस अपराधलाई वैधता दिएको ठहर्छ ।'
'समाजमा असन्तुष्टिहरू हुन्छन् । आज पनि छन् । ४ महिना बित्दा नबित्दै कथित नागरिक सरकारप्रति सर्वत्र असन्तुष्टि देखिएको छ– ऊर्जा व्यापारमा गरिएको घोटालालाई लिएर, घाइतेहरूको उपचारमा गरिएको बेवास्तालाई लिएर, विभिन्न गैरकानुनी काममा संलग्नहरूलाई गरिएको संरक्षणलाई लिएर, मन्त्रीहरूका विवादास्पद निर्णय र अभिव्यक्तिलाई लिएर । स्वयं ‘जेन्जी अभियन्ता’हरु असन्तुष्ट छन् । तर यसको अर्थ अब यसै बहानामा पुनः सिंहदरबार जलाउनु उचित ठहरिन्छ ? अराजकता र आन्दोलन एउटै होइनन् । विध्वंस र विद्रोह एउटै होइनन् । आन्दोलन, विद्रोह या क्रान्तिका निश्चित नैतिक मूल्य र सीमाहरू हुन्छन् । नेतृत्वका गल्ती थिए होलान्, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान्, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर्याउन थालियो भने कहाँ पुगिएला ?' ज्ञवालीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण