जन्मदिनको अवसर पारेर दुर्गेश थापाले ल्याउँदै नयाँ ‘सर्प्राइज’
मङ्गलबार, २९ पुस २०८२, १० : २६
सारांश
- गायक दुर्गेश थापाले नयाँ गीत 'नाच नाच भाइ नाच' सार्वजनिक गर्ने घोषणा गरेका छन्।
- यो गीत माघ १० गते सार्वजनिक हुनेछ, जुन दिन दुर्गेश र उनको छोराको जन्मदिन हो।
- उनले गीतलाई 'फ्रेस, फन, एक्सन र फुल धमाका इनर्जी' भएको बताएका छन्।
काठमाडौँ । ‘दुस्मन हेरेको हेरै’ को सफलतापछि गायक दुर्गेश थापाले आफ्नो र छोराको जन्मदिनको अवसर पारेर नयाँ धमाका ल्याउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नयाँ गीत ‘नाच नाच भाइ नाच’ को पहिलो पोस्टर सार्वजनिक गर्दै दर्शकका लागि ठुलो सर्प्राइज तयार पारेको जानकारी दिएका हुन्।
यो गीत आगामी माघ १० गते सार्वजनिक हुनेछ, जुन दिन दुर्गेश र उनका छोरा दुवैको जन्मदिन पर्छ। दुर्गेशले आफ्नो नयाँ प्रस्तुतिलाई ‘फ्रेस, फन, एक्सन र फुल धमाका इनर्जी’ भएको गीतको रूपमा व्याख्या गरेका छन्।
उनले यस गीतमा दर्शकका लागि धेरै नयाँ कुराहरू समेटेको दाबी गर्दै अहिलेलाई केवल पोस्टर मात्र सार्वजनिक गरिएको बताएका छन्। उनले जन्मदिनलाई विशेष बनाउन दर्शकका लागि यो गीत एउटा उपहार हुने उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण