‘परिवर्तन’मा मेरो अहिलेसम्मकै फरक एक्सन छ – अभिनेता श्रेष्ठ
सारांश
- अभिनेता सुशील श्रेष्ठले फिल्म 'परिवर्तन' मा अहिलेसम्मकै फरक एक्सन हेर्न पाइने बताए।
- फिल्ममा एक्सनसँगै सस्पेन्स कथावस्तु र सम्बन्धको विषय पनि समेटिएको छ।
- फिल्म आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउनेछ, जसमा सुशील, अञ्जना लगायतका कलाकारको अभिनय छ।
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठले फिल्म ‘परिवर्तन’ मार्फत दर्शकले अहिलेसम्मकै फरक एक्सन हेर्न पाउने बताए । आफूले अहिलेसम्म अभिनय गरेको फिल्म मध्य उत्कृष्ट एक्सन परिवर्तनमा गरेको उनको दाबी रहेको थियो ।
‘फिल्ममा एक्सन मात्र छैन, सस्पेन्स कथावस्तु र सम्बन्धको विषयमा पनि छ’, श्रेष्ठले भने ‘फिल्म दर्शका लागि एउटा पूर्ण मनोरञ्जनको प्याकेज हो ।’ फिल्मको सोमबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा उनले ‘परिवर्तन’बाट आफ्नो पनि राम्रो चर्चा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अभिनेत्री अञ्जना बराइलीले फिल्म अभिनय अनुभव सुनाएकी थिइन् । उनले आफ्ना अघिल्ला फिल्मले झै यस फिल्मले पनि दर्शक रिझाउने बताइन् । फिल्ममा आफ्नो प्रहरीको भूमिका रहेको उनले खुलाइन् ।
निर्देशक विजय केरुङले फिल्म मार्फत दर्शकले धेरैपछि एक्सन फिल्म हेर्न पाउने बताए । ‘फिल्मले एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको छ’ उनले भने ।
आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने फिल्मले सार्वजनिक गरेको ट्रेलरमा पनि एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई देखाउन खोजिएको हो ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ मा सुशील र अञ्जनाको अलवा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको पनि मुख्य भूमिका रहेको छ । एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको छ । फिल्मको वितरण आरआर फिल्मसले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण