रास्वपाबाट रोल्पामा बालराम थापा प्रतिनिधिसभा उम्मेदवार सिफारिस
सारांश
- रास्वपाले रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनका लागि बालराम थापालाई एकल उम्मेदवार सिफारिस गरेको छ।
- जिल्ला उपसभापति थापालाई अन्य दलका उम्मेदवारलाई टक्कर दिनसक्ने क्षमताको कारण सिफारिस गरिएको हो।
- पछिल्लो निर्वाचनमा माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित भएका थिए भने विप्लव पनि एकल सिफारिस भएका छन्।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि बालराम थापालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
पार्टीका जिल्ला उपसभापति रहेका थापालाई एकल रूपमा सिफारिस गरिएको जिल्ला अध्यक्ष रेसम थापाले जानकारी दिए । लगातार माओवादी केन्द्रले जित्दै आएको रोल्पामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।
जिल्ला अध्यक्ष थापाका अनुसार अन्य दलका उम्मेदवारलाई टक्कर दिन सक्ने क्षमता र हैसियत भएकाले उपसभापति थापालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।
एकल सिफारिस भएका थापाको स्थायी घर रोल्पाको सुनिल स्मृति गाउँपालिका हो । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । थापा पूर्वाधार विज्ञ तथा युवा व्यवसायीसमेत हुन् ।
रोल्पाबाट पछिल्लो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन निर्वाचित भएका थिए । हाल नेकपाबाट उम्मेदवारको नाम प्रस्तावित भइरहेका छन् । यस्तै, विप्लव नेतृत्वको नेकपा माओवादीबाट महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ एकल सिफारिस भएका छन् ।
रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकका अनुसार लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये हालसम्म रोल्पाबाट मात्र एकल सिफारिस प्राप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण