गणतन्त्र नै अहिलेको संकटको मुख्य कारण हो : कमल थापा
सारांश
- राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्थाबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताए।
- उनले संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्नुपर्ने र हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्रको माग गरे।
- थापाले राप्रपाको नेतृत्वमा सरकार बनाउन मतदान गर्न आह्वान गर्दै भ्रष्टाचार अन्त्य गर्ने बताए।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्न राप्रपाको विकल्प नभएको बताएका छन् । मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त बनाउने विचार र एजेन्डा बोकेर राप्रपा अघि बढिरहेको बताए । अहिलेको देशको संकटको मुख्य कारण संघीय धर्मनिरपेक्ष गणतन्त्र भएको उनको दाबी छ । संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन नगरेसम्म देशलाई संकटबाट मुक्त तुल्याउन नसकिने उनले जिकिर गरे । उनले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र संघीयता खारेज गरी केन्द्र र स्थानीय गरी दुई तहको शासन प्रणाली कायम गरिनुपर्ने माग गरे ।
थापाले भ्रष्ट व्यवस्था र शासनबाट देशलाई मुक्त तुल्याउन राप्रपाले स्पष्ट विचार र एजेन्डा बोकेको बताए । यही सन्देश बोकेर विगतमा सडक र सदनमा रहेको र अब पनि सडक र सदनमा रहने उनले प्रस्ट पारे । जनताको विश्वास जितेर यो लक्ष्य पूरा गर्ने उनको भनाइ छ ।
पूर्वअध्यक्ष थापाले राप्रपाको नेतृत्वमा सरकार बन्न सक्ने गरी मतदान गरेर जिताउन आह्वान गरे । मुलुकको धरातलीय यथार्थलाई बुझ्दै राप्रपाको नेतृत्वमा सरकार बन्न सक्ने बहुमत दिन उनले आग्रह गरे । राप्रपाले निर्वाचन जिते भ्रष्टाचार अन्त्य गरी सुशासनको माध्यमबाट सबल र समृद्ध नेपाल निर्माण गर्ने तथा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण