नेकपा संयुक्त र नेकपा वामपन्थीबिच एकता
मङ्गलबार, २९ पुस २०८२, १७ : १९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) र नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र) बिच पार्टी एकता भएको छ ।
मंगलबार नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल र नेकपा वामपन्थी केन्द्रका संयोजक राजकुमार कक्षपतिबिच पार्टी एकताका ११ वटा आधार बनाएर एकता घोषणा गरिएको हो ।
‘मार्क्सवाद–लेनिनवाद तथा मानव जातीले प्राप्त गरेका स्वतन्त्रता र मुक्तिका मूल्यहरूको मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको अभ्यास र विकास गर्दै वैज्ञानिक समाजवादको ध्येयमा अगाडि बढ्ने’, एकताको आधारपत्रमा भनिएको छ ।
त्यस्तै विश्व साम्राज्यवाद तथा वित्तीय पुँजीवादले सिर्जना गरेका सबै खालका असमानता, शोषण–दमन, विभेद, युद्ध, गरिबी आदिको विरुद्ध सबै राष्ट्रहरूको स्वतन्त्रता, स्वाधीनता, समानता, भ्रातृत्व, शान्ति तथा समाजवादको पक्षमा योगदान गर्ने पनि दुई पक्षबिच सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण