ट्राफिक सचेतना : पशुपति शर्माको गीतमा नाचे ट्राफिक प्रहरी
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सप्ताह मनाइरहेको छ । सप्ताहको चौथो दिन मंगलबार कलंकीमा आयोजित सांस्कृतिक कार्यक्रममा लोक गायक पशुपति शर्मा लगायतले सचेतनामूलक गीत गाएका छन् ।
पशुपति शर्माले गाएको ‘स्याङ्जा जाने बाटैमा तनहुँ, ट्राफिक नियम नमान्नेलाई के भनौँ ?’ बोलको गीतमा ट्राफिक प्रहरीका अधिकृत र जवानहरू छमछमी नाचेका छन् । ठमेलस्थित टप राजधानी दोहोरीका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले समुदायको सहयोगमा नै प्रहरी खरानीबाट उठेर मञ्चसम्म आइपुगेको बताए । जेनजी प्रदर्शन र त्यसअघि भएका प्रदर्शनमा प्रहरीमा औँला उठेको उल्लेख गर्दै कार्कीले भने, ‘समुदायको साथ पाएर हामी अहिले मञ्चसम्म आइपुगेका छौँ, सँगै नाच्ने अवस्था बनेको छ ।’
ट्राफिक नियम पालना गर्न र गराउन समुदायको ठुलो भूमिका रहेको कार्कीले बताए । उनले भने, ‘मापसे विरुद्धको अभियान हामीले सफलतापूर्वक लागु गरेका छौँ, लेन अनुशासन लगायतका ट्राफिक नियम पालना गरेर दुर्घटना घटाउन हामी सबैको भूमिका रहन्छ ।’
कार्यक्रममा गायक पशुपति शर्मा, प्रकाश कटुवाल र बालचन्द्र बराल लगायतले आफ्नो प्रस्तुतीकरण राखेका थिए । ट्राफिक प्रहरी प्रभाग कलंकीको भवन निर्माणमा सहयोग गर्ने सञ्चारकर्मी रोशन दानी र सामाजिक अगुवा विनोद भट्ट लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
ट्राफिक सप्ताह शनिवार समापन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण