एसबीआई बैंकको शाखामा लुटपाट
मङ्गलबार, २९ पुस २०८२, २१ : ५३
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटिएको छ । चार–पाँच जना लुटेराले मंगलबार साँझ सुरक्षागार्डलाई कुटपिट गरेर शाखा लुटेका हुन् ।
घटनाबारे जानकारी पाएसँगै सिन्धुलीका एसपी लालध्वज सुवेदी घटनास्थलमा जाँदै छन् ।
सदरमुकामबाट करिब ४० किलोमिटर टाढा रहेको घटनास्थलमा आफू जाँदै गरेको एसपी सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘लुटपाट भएको खबर आएको छ, म जाँदै छु ।’
बैंकको शाखाबाट कत्ति रकम लुटियो भन्नेबारे कर्मचारीहरूले यकिन गरिरहेको एसपी सुवेदीले जानकारी दिए । लुटेराको खोजीमा प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण