अपहरणकारी गिरोहविरुद्धको कारबाहीमा २ सयभन्दा बढी डकैत मारिए
सारांश
- नाइजेरियामा सुरक्षा कारबाहीमा २०० भन्दा बढी डाँकु मारिए, कोगी राज्य सरकारले जनाएको छ।
- प्रहरीको कारबाहीमा डाँकुका शिविर ध्वस्त पारिए, जङ्गल क्षेत्रमा आगलागी भएको भिडियोमा देखिन्छ।
- पछिल्लो समय विद्यालयलाई निशाना बनाएर अपहरणका घटना बढेपछि सरकारले सुरक्षा कारबाही कडा पारेको छ।
नाइजर । मध्य नाइजेरियामा अपहरण र हत्यामा संलग्न सशस्त्र आपराधिक गिरोहविरुद्ध गरिएको सुरक्षा कारबाहीमा २ सयभन्दा बढी डकैत मारिएको सरकारी अधिकारीले बताएका छन् । कोगी राज्य सरकारका अनुसार शनिबारदेखि सुरु भएको धेरै एजेन्सीहरू संलग्न बृहत् अभियानमा केही व्यक्तिहरू पक्राउ पनि परेको अधिकारीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
प्रहरीले उपलब्ध गराएको हेलिकप्टरबाट खिचिएको भिडियोमा जङ्गल क्षेत्रभित्रको एक बस्तीमा आगलागी भइरहेको देखिएको छ । साथै डकैतहरूका कयौँ शिविरहरू ध्वस्त पारिएको छ । उत्तर पश्चिम नाइजेरियामा डकैत गिरोहले वर्षाैंदेखि फिरौतीका लागि अपहरण र हत्या गर्दै आएका छन् । तर पछिल्लो समय यस्ता घटना देशको अन्य क्षेत्रमा पनि बढेका छन् ।
हालैका महिनाहरूमा विद्यालयलाई निशाना बनाएर सामूहिक अपहरणका घटना बढेपछि सरकारले सुरक्षा कारबाही कडा बनाएको छ । गएको महिना अधिकारीहरूले नोभेम्बरमा नाइजर राज्यको एउटा विद्यालयबाट पक्राउ परेका विद्यार्थी र शिक्षकहरूलाई अपहरणकारीको पन्जाबाट मुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण