नेपाली कांग्रेस
सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले पठायो ८ बुँदे प्रस्ताव
बुधबार, ३० पुस २०८२, १३ : ५०
सारांश
- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई ८ बुँदे प्रस्ताव पठाएको छ।
- प्रस्तावमा सभापति शेरबहादुर देउवालाई कार्यकारी भूमिकाबाट बाहिरिन आग्रह गरिएको छ।
- विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, प्रधानमन्त्रीको उम्मेदवार तय गर्नुपर्ने प्रस्ताव छन्।
काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो ।
आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
यस्ता छन् प्रस्ताव-
–कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
–विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
–प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
–चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
–टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
–निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
–उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
– विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण