कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिनसक्ने
सारांश
- नेपाली कांग्रेसले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ।
- पार्टी विधान अनुसार उनीहरूलाई विशेष महाधिवेशनका नाममा अनुचित कार्य गरेको आरोप लागेको छ।
- कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिएमा पुनर्विचार हुनसक्ने बताइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको छ ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उनीहरूलाई पार्टी विधानको धारा १७ र ३४ अनुसार उनीहरूलाई कारबाही गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार उनीहरुले विशेष महाधिवेशनका नाममा अनुचित कार्य गरेको भन्दै थापा, शर्मा र मन्सुरलाई कारबाही गर्नुपरेको नेता विश्वकर्माको भनाई छ ।
साथै अन्य सदस्य तथा पदाधिकारीहरूलाई पार्टी काममा फर्कन समेत कांग्रेसले आव्हान गरेको छ । कारबाहीमा परेकाहरूले फुकुवाका लागि निवेदन दिएमा पुनर्विचार हुनसक्ने नेता विश्वकर्माको भनाइ छ ।
‘विधान धारा ३४ अनुसार १ अनुसार अकस्मात अनुशासनको कारबाही गर्नु परेकोले महामन्त्रीद्धय गगन थापा र विश्व तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको छ’, नेता विश्वकर्माले बैठकपछि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण