नेपाल वार्म-अप खेलमा आयरल्यान्डसँग पराजित
सारांश
- नेपाली महिला क्रिकेट टोली आयरल्याण्डसँगको वार्म-अप खेलमा ९९ रनले पराजित भयो।
- नेपालले २०१ रनको लक्ष्य पछ्याउँदै १०१ रन मात्र बनाउन सक्यो, जसमा कविता जोशीले २८ रन बनाइन्।
- आयरल्याण्डकी सारा फोर्ब्सले ७७ रन र ओर्ला प्रेन्डेगास्टले ६६ रन बनाए।
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरअघि खेलिएको वार्म-अप खेलमा आयरल्यान्ड महिला क्रिकेट टोलीसँग ९९ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
तल्लो मूलपानी क्रिकेट मैदानमा बुधबार आयरल्यान्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ रन बनाइन् । त्यसैगरी विनु रावलले २५ रन जोड्दा कप्तान इन्दु बर्माले १२ रन बनाइन् । अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् ।
आयरल्यान्डका लागि आर्लिन क्याटली, ओर्ला प्रेन्डेगास्ट, लारा म्याकब्राइड र एमी मागुइरेले दुई–दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०० रन बनाएको थियो । सारा फोर्ब्सले सर्वाधिक ७७ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै ओर्ला प्रेन्डेगास्टले ६६ रनको अर्धशतकीय पारी खेल्दा लेआ पॉलले २१ रनको योगदान गरिन् ।
ग्लोबल क्वालिफायरको तयारीमा रहेका दुवै टोलीले त्यसअघि वार्म-अप खेल खेलेका हुन् । नेपाल अब ग्लोबल क्वालिफायरको समूह चरणमा तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
ग्लोबल क्वालिफायरमा नेपाल समूह ‘बी’ मा थाइल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाब्वेसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण