कांग्रेस विभाजनपछि मुमाराम खनालको टिप्पणी, 'बोझ फालेर फटाफट हिँड्नु नै बुद्धिमानी'
सारांश
- राजनीतिक विश्लेषक मुमाराम खनालले कांग्रेसमा आएको विभाजनलाई दुखद तर अनिवार्य मोडको रूपमा व्याख्या गरेका छन्।
- उनका अनुसार पार्टीको गलत निर्णय र गठबन्धनका कारण देश कठिन चेपुवामा परेको छ।
- खनालले युवा नेता गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेस अघि बढ्नुपर्ने बताए।
काठमाडौँ । मुलुकको राजनीतिक अनिश्चयका बिच सबैभन्दा ठुलो र स्थापित लोकतान्त्रिक दल नेपाली कांग्रेसमा आएको विभाजनलाई राजनीतिक विश्लेषक मुमाराम खनालले एउटा दुखद तर अनिवार्य मोडको रूपमा व्याख्या गरेका छन्। पार्टीको मुख्य नेतृत्वले चालेका गलत राजनीतिक निर्णय, सांगठानिक गतिरोध र अप्राकृतिक गठबन्धनका कारण देश यतिबेला कठिन राजनीतिक चेपुवामा परेको उनको ठम्याइ छ।
विश्लेषक खनालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अब नेपाली कांग्रेसको विरासतलाई सिर्जनात्मक विनिर्माण गर्नुको विकल्प नभएको उल्लेख गरेका छन्। ‘जे हुन्छ, राम्रोका लागि हुन्छ’ भन्ने मान्यता राख्दै उनले पार्टीभित्रको अनावश्यक बोझ बोकेर बिस्तारै घिस्रिनुभन्दा त्यसलाई फालेर अगाडि बढ्नु नै अहिलेको बुद्धिमानी हुने बताएका छन्। उनले अबको राजनीतिमा ढिलासुस्ती गर्ने नेतृत्व नभई स्पष्ट गति र दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको संकेत गरेका छन्।
विशेषगरी युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैली र गतिको चर्चा गर्दै खनालले अबको कांग्रेस उनीहरूकै गतिमा हिँड्न सक्ने हुनुपर्नेमा जोड दिएका छन्। आजको मुलुकले पुरानै शैलीमा घिस्रिने कांग्रेस नखोजेको भन्दै उनले नयाँ पुस्ताको गतिसँग लय मिलाउन सक्ने पार्टी निर्माण गर्नुपर्ने सुझाव दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण