राष्ट्रिय मुक्ति पार्टीको एक्सन : सुमन सायमी र रवीन्द्र श्रेष्ठको टिकट खोसियो, अवसरवादीको संज्ञा
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौँमा 'हेभीवेट' उम्मेदवारहरूको सिफारिस खारेज गरेको छ।
- पार्टीका नेता सुमन सायमीसहितका नेताहरूले पार्टी छाडेर नेकपा प्रवेश गरेपछि उम्मेदवारी रद्द गरिएको हो।
- जिल्ला कार्यसमितिले नयाँ उम्मेदवारको नाम पठाउन निर्देशन दिँदै पार्टी छोड्ने नेताहरूप्रति आक्रोश व्यक्त गरेको छ।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौँमा आफ्ना ‘हेभीवेट’ मानिएका उम्मेदवारहरूको सिफारिस खारेज गरेको छ ।पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिको पुस ३० गते बसेको विशेष बैठकले यसअघि चर्चामा रहेका तत्कालीन वरिष्ठ उपाध्यक्ष सुमन सायमी र प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठको उम्मेदवारी सिफारिस रद्द गर्ने निर्णय गरेको हो ।
गुठी आन्दोलनका अगुवासमेत रहेका सुमन सायमी सहितका नेताहरू राष्ट्रिय मुक्ति पार्टी त्यागेर बुधबार नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । पार्टीले यसअघि काठमाडौँका क्षेत्र नम्बर ७, ८ र ९ का लागि सायमी र श्रेष्ठको नाम सिफारिस गरेको थियो । तर, जिल्ला कार्यसमितिले उक्त सिफारिस खारेज गर्दै अब नयाँ उम्मेदवारको नाम केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ ।
जिल्ला नेतृत्वले क्षेत्रीय प्रतिनिधि तथा समितिहरूलाई माघ २ गतेभित्र नयाँ उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएको छ ।
जिल्ला अध्यक्ष शिवेश बज्राचार्यद्वारा जारी विज्ञप्तिमा पार्टी छोडेर जाने वा विचलित हुने नेताहरूप्रति कडा आक्रोश पोखिएको छ । केही नेताहरूमा अवसरवादी प्रवृत्ति र व्यक्तिगत स्वार्थ हाबी भएको भन्दै पार्टीले उनीहरूको बहिर्गमनले संगठन अझ शुद्ध र दृढ बन्ने दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विचार बेचेर पद पाउनेहरू अस्थायी हुन्, तर विचारका योद्धा सदासर्वदा अमर रहन्छन् ।’
पार्टीले आफ्नो आन्दोलन कुनै व्यक्तिको महत्त्वाकाङ्क्षा नभई उत्पीडित जाति, समुदाय र राष्ट्रहरूको स्वाधीनताका लागि भएको जिकिर गरेको छ । अध्यक्ष बज्राचार्यले नेपालका उत्पीडित वर्ग, श्रमिक, किसान, आदिवासी जनजाति र युवा पुस्तालाई एकताबद्ध हुन अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण