स्थानीय पुँजीलाई लगानीमा रूपान्तरण गर्न आवश्यक छ : अध्यक्ष ढकाल
म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय पुँजीलाई उद्यमशील क्षेत्रमा लगानीको रूपमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । म्याग्दी उद्योग वाणिज्य सङ्घ अन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा आजदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको ‘११ औँ माघे सङ्क्रान्ती मेला’, खाना महोत्सव एवं कृषि मेलाको उद्घाटन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् ।
उनले भने, “‘हामीले घरेलु पुँजीकै उपयोगबाट धेरै ठूला आयोजना सम्पन्न गर्न सक्छौँ , त्यसका लागि मुख्यगरी सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण जरुरी हुन्छ ।’’
पर्यटन, जलविद्युत्, खानी, लघुउद्यमलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताउँदै उनले म्याग्दीका उद्यमी व्यवसायीले सामूहिक रूपमा उद्यमशील योजना अघि बढाएमा आफूलेसमेत लगानी गर्न तयार रहेको बताए ।
मेला महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्ता सामु पुर्याउन र प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने गरेको अध्यक्ष ढकालले बताए । माघ ३ गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा विभिन्न किसिमका प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण