पोखरा महानगरको राजस्व तिर्दा चैतसम्म छुट
पोखरा ।
पोखरा महानगरपालिकाले कर छुटको समय बढाएको छ । राजस्व तिर्न प्रयोग भइरहेको सरकारी सूत्र प्रणालीमा आएको सुस्तताका कारण करदाताले समस्या पाएपछि अवधि थपेर चैत सम्म पुर्याइएको हो । यसअघि महानगरले पुससम्म कर तिर्ने करदातालाई १० प्रतिशत छुट दिँदै आएको थियो ।
अब यो अवधि थपिएर चैतसम्म पुगेको महानगरले जनाएको छ । महानगरको बुधबार भएको १८ औँ नगरसभाले पुस मसान्तसम्म रहेको कर छुटको समयसीमा चैत्र मसान्तसम्म थप गरेको उपमेयर तथा राजस्व परामर्श समितिका संयोजक मन्जुदेवी गुरुङले जानकारी दिइन् ।
यसअघि बुधबार नै बसेको कार्यपालिका बैठकले सभामा अवधि थपको प्रस्ताव पेस गर्ने निर्णय गरेको थियो । यसबाहेक सभामा बुधबारको विभिन्न विधेयक स्वीकृत गरिएको छ । पोखरा महानगरपालिकाको आर्थिक ऐन, २०८२ को प्रथम संशोधन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ को दोस्रो संशोधन, पोखरा महानगरपालिका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०८२, पोखरा महानगरपालिका खेलकुद विकास ऐन, २०७५ पहिलो संशोधन र बजेट पुनरावलोकन, रकमान्तर तथा पुनर्निर्माण सम्बन्धी विधेयक स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण