मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ: उपाध्यक्ष घिमिरे
सारांश
- विमला घिमिरेले मौलिकता जोगाए मात्रै नेपालीपनको रक्षा गर्न सकिने बताइन्।
- उनले माघी पर्वले सद्भाव, सहिष्णुता, भाइचारा र एकता बढाउने विश्वास व्यक्त गरिन्।
- घिमिरेले सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन आग्रह गरिन्।
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने विचार व्यक्त गरेकी छन् । माघी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले देशका मौलिक संस्कृति जोगाउने कर्तव्य सबैको भएको उल्लेख गरेकी छन् ।
उपाध्यक्ष घिमिरेले भनिन् छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई आत्मसात् गर्दै सबै जातजाति, धर्म र समुदायको विकास र उत्थानमा पर्याप्त व्यवस्थाहरू गरेको छ, त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन् ।”
सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर सम्पूर्ण नेपालीहरूले नै आ–आफ्नो मौलिकतामा धूमधामका साथ मनाउने माघी पर्वको माध्यमबाट नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वस्त रहेको उनको भनाइ छ ।
उपाध्यक्ष घिमिरेले शुभकामना सन्देश मार्फत भनिन्, “यस पर्वले सम्पूर्ण नेपालीहरूको बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने अपेक्षा गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण