३३ केजी सुन प्रकरणमा संलग्न ‘गोरे’ समूहका सुरेन्द्र गौतम पक्राउ
सारांश
- ३३ केजी सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न सुरेन्द्र गौतमलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
- गौतम, जो गोरे समूहका सदस्य हुन्, उनलाई २०७५ मा संगठित अपराध र सनम शाक्यको अपहरण र हत्याको आरोप लागेको थियो।
- अनुसन्धान अनुसार, गौतम सनम शाक्यको हत्यामा संलग्न थिए र उनले गोरेको निर्देशनमा शाक्यलाई यातना दिएका थिए।
काठमाडौँ । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न प्रतिवादी सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका ३५ वर्षीय गौतमलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । उनी सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ समूहका सदस्य हुन् ।
२०७५ वैशाख १९ मा गौतम विरुद्ध मोरङ जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराध निवारण ऐन–२०७० अनुसारको कसुर, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ (१) बमोजिम सजायको माग दावी गरेर अभियोपत्र दायर गरिएको थियो । गौतम त्यसबेलादेखि फरार थिए ।
उनलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले रातोपाटीलाई बताए । अभियोग पत्रमा उनलाई चौथो नम्बरमा प्रतिवादी कायम गरिएको थियो ।
फ्लाई दुबईको विमानबाट २०७४ माघ ९ मा विमानस्थलमा आइपुगेको ३३ केजी सुन विमानस्थल पार भएपछि मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल छेउबाट हराएको थियो । विमानस्थलबाट सुन पुरानो बानेश्वरमा लगेर छाड्ने जिम्मा लिएर सानु बनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरे ।
त्यसपछि गोरे समूहले सुन ‘गायब’ बनाएको आरोप लगाउँदै मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका सनम शाक्यको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०७४ फागुन १९ मा प्रहरीले विराटनगर महानगरपालिका–३ बाट सनमको शव बरामद गरेको थियो । ३३ केजी सुन र सनम हत्या प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएको थियो ।
पुस ३० मा पक्राउ परेका सुरेन्द्र गौतम सनमको हत्या हुँदा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको निर्भाना कन्ट्री क्लबमा गोरे सँगै थिए । सोही क्लबमा यातना दिएर सनमको हत्या गरिएको थियो । हत्यापछि शव गाड्न भनेर खाल्डो खन्ने काममा पनि उनी संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।
चूडामणि उप्रेती ‘गोरे’को निर्देशनमा उनले अर्का प्रतिवादी मोहन काफ्लेलाई हातखुट्टा बाँधेको काफ्लेले बयानमा खुलाएका छन् । मोरङको उर्लाबारी घर भएका अर्का प्रतिवादी काफ्लेले त्यतिबेला बयानमा भनेका थिए, ‘सुरेन्द्र गौतमले हातखुट्टा बाँधेपछि गोरेले मलाई कुटे, यातना दिए ।’
गोरेको निर्देशनमा गौतमले सनमलाई दण्ड र सजाय दिने भूमिका खेलेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले करिब २ महिना १० दिनसम्म छानबिन गरेर सनम शाक्यको हत्या र तस्करी भएर आएपछि लुटिएको भनिएको साढे ३३ केजी सुनबारे प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण