सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो
काठमाडौँ । मोरङको उर्लाबारी–७ स्थायी घर भएका ३३ बर्षीय सनम शाक्यको अपहरणपछी हत्या भएको छ । हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रेका टेकराज मल्ल, मोरङका नरेन्द्र कार्की र मोहन काफ्ले रहेका छन् ।
महानगरीय अपराध महाशाखाका डिएसपी प्रजित केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्नहरुलाई विराटनगर महानरपालिका–३ स्थित पोखरियाबाट नियन्त्रणमा लिएको हो ।
फागुन १५ गते मोरङ उर्लाबारी–७ बस्ने सनम शाक्यलाई सुन तस्करीको लेनदेनमा कुरा नमिलेपछि तीन जनाले अपहरण गरेर सिराहा जिल्लाको अज्ञात स्थानमा लगेर शरीर बन्धक बनाई हत्या गरेका थिए ।
शनिवार प्रहरीले बिराटनगर स्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा. १२ च ५९३३ नम्बरको क्रिम कलरको स्कोरपियो चेकजाँच गर्दा सोही गाडीको डिकीमा सनमको शव फेला परेको थियो ।
गाडीको डिकीभित्र तौलिया, म्याट्रेस र त्रिपालले लुकाई राखेको अवस्थामा भेटिएको सनमको शरिर भरी निलडाम भएको महाशाखाले जनाएको छ ।
पक्राउ परेका ब्यक्तिहरु र घट्नामा प्रयोग भएको गाडी समेतलाई आवश्यक कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण