सुदूरपश्चिममा माघी र नरहरीको उल्लास
धनगढी । कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका बस्तीहरू यतिबेला माघी र नरहरी पर्वको रौनकले गुल्जार बनेका छन्।
थारू समुदायको नयाँ वर्ष माघी र पहाडी समुदायको नरहरी (माघे संक्रान्ति) को संयोगले यस क्षेत्रमा सांस्कृतिक एकताको अनुपम उदाहरण प्रस्तुत गरेको छ।
सूर्य उत्तरायण प्रवेश गरेसँगै सुरु भएको यो पर्वले भूगोल र समुदायको सीमा नाघेर पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ। कञ्चनपुरको महेन्द्रनगरका जनमेजय जोशीका अनुसार दुवै समुदायका संस्कृति मिसिँदा बस्तीहरूमा देखिएको उल्लासले सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ।
पर्वको अवसरमा माघ १ गते बिहानै गोदावरी, महाकाली, घोडाघोडी, कर्णाली चिसापानी लगायतका नदी तथा त्रिवेणीमा स्नान गर्ने भक्तजनको भीड लागेको छ। स्नानपछि पूजापाठ गरी ठुलाबडाबाट आशीर्वाद लिने र दान गर्ने परम्पराले वातावरण आध्यात्मिक बनेको छ।
थारू समुदायका घरमा आज विशेष परिकारका रूपमा चामल र मासको दालबाट बनेको खिचडी, माछा–मासु पाकेका छन् भने पहाडी समुदायमा तिलका परिकार खाने चलन छ।
पहाडी समुदायमा साँझपख आँगनमा धुनी जगाएर ताप्ने र रमाइलो गर्ने परम्पराले जाडोको याममा सम्बन्धलाई न्यानोपन दिएको महसुस गरिन्छ। ठाउँ ठाउँ माघी पर्व विशेष कार्यक्रम पनि आयोजना गरिएका छन्।
प्रदेशमा माघी र नरहरीको रौनकले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कार सिक्ने अवसर दिएको धेरैको बुझाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण