महान्यायाधिवक्ताको कार्यालय कलङ्कित भएको छ : केपी ओली
सारांश
- केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालयलाई इतिहासकै लागि कलङ्कित र लज्जाको विषय बताए।
- ओलीले रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयको आलोचना गरे।
- उनले नेपालमा नेपालीको सरकार हुनुपर्ने र विदेशीको योजनालाई असफल पार्नुपर्ने धारणा राखे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहास सम्मका लागि कलङ्कित र लज्जाको विषय भएको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधविरुद्धको मुद्दा फिर्ता लिने निर्णयप्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् ।
बिहीबार ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’नामक पुस्तक लोकार्पण समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘थिति र विधिको होइन, जसको लाठी त्यसको भैँसी जस्तो शासन चलेको छ’, उनले प्रश्न गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालय इतिहाससम्मका लागि कलङ्कित भएको छ, लज्जाको विषय बनेको छ । यस्तो पनि हुन्छ ?’
आज नेपालको राजनीतिमा दुई वटा कुरामा लडाइँ चलिरहेको भन्दै प्रतिक्रियावादीहरू नेपाल र नेपालीको सरकार बनाउन नदिन लागिरहेको ओलीको भनाइ छ ।

‘उनीहरूको गन्तव्य नेपालमा नेपालीको सरकार हुनुहुँदैन भन्ने छ भने हाम्रो नेपालीकै सरकार हुनुपर्दछ विदेशीको सरकार हुनुहुँदैन भन्ने छ’, ओलीले भने- ‘नेपालीकै सरकार हुनुपर्छ भन्नेहरूको घर छानिछानी आगो लगाइएको, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जलाइएको तथा राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्छ भन्ने व्यापारीहरूलाई लखेटिएको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले विदेशीको योजनाअनुसार अभियुक्तहरूको अभियोग परिवर्तन गरिएको भन्दै दुनियाँको हिनामिना भएको पैसा कसले तिर्छ भनेर प्रश्न गरे । ‘महान्याधिवक्ता कार्यालयले तिर्छ ? हामी नेपालमा नेपालीको सरकार बनाउँछौ अरू बन्यो भने ढाल्छौँ’, ओलीको भनाइ छ ।
कार्यक्रममा मेघनाथ पौडेललाई सम्मान गरिएको थियो । पिस्कर काण्डमा तत्कालीन पञ्चायती सरकारले परिवर्तनलाई साथ दिएको भन्दै वीरबहादुर थामी र इले थामीको हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण