मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुन्छः रास्वपा
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उलले यस्तो बताएका हुन् । उनले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने बताए । त्यसको व्यवस्थाबारे अहिले तयारी भइरहेको बताए ।
पार्टीका सभापति रवि लामिछाने र पार्टीका नेता बालेन्द्र साहले उक्त सभालाई सम्बोधन गर्नुहुने जानकारी दिए । उनले भने, ‘माघ ५ गते जनकपुरमा सभा आयोजना गर्ने घोषण गरेका छौँ । व्यवस्थापनबारे पनि तयारी भइरहेको छ । यस पटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनबाट भावी प्रधानमन्त्रीको रुपमा अघि बढाएर जाने प्रस्ताव राखेका बालेन्द्र साह सम्मिलित पहिलोपटक राजनीतिकसभा हुँदैछ ।’
रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रश्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण